सर्वोच्चको फैसलाविरुद्ध सरकारी अड्डा एकमत : गुठीको जग्गा व्यक्तिलाई अमान्य


२०७६ बैशाख ३० सोमबार २१:२२ बजे

झापा, ३० बैसाख । सर्वोच्च अदालतले व्यक्ति विशेषको प्रभावमा परी अर्बौं रुपैयाँ बराबरको गुठीको जग्गाा व्यक्तिको नाममा गरिलिएको भन्दै झापाका सरकारी अड्डाले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतले तत्कालीन न्यायाधीशहरु गौरी ढकाल र राजेन्द्र कोइरालाले ९ फागुन २०६६ मा झापाको विर्तामोड नगरपालिकास्थित विर्ताबजारको अनारमनी देवी गुठी स्थानको साढे ५ बिघा जमिन चारजनाको नाममा जोतभोगको व्यवस्था मिलाउनु भनी फैसला गरेका थिए ।

सो फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट पाँच पटक ताकेता गर्दा समेत झापाका सवै सरकारी अड्डाले यस्तो फैसला कार्यान्वयन नगर्ने आन्तरिक सहमति गरी म्याद गुजारेका हुन् । राजधानी दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७