ललितपुरमा युवतीले गरिन् पुरुषको अपहरण, प्रहरीद्वारा सकुशल उद्धार


२०७६ बैशाख २७ शुक्रबार २०:१८ बजे

ललितपुर, २७ बैसाख । ललिपुरको इमाडोलमा एक युवतीले पुरुषको अपहरण गरेकी छन् । युवतीको अपहरणमा परेका इमाडोल बस्ने ५९ वर्षीय कृष्ण चौलेलको प्रहरीले अपहरणको साढे दुई घण्टामै सकुशल उद्धार गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाको संयुक्त टोलीले कृष्ण चौडेललाई अपहरण गरेको अभियोगमा ढोलाहिटी बस्ने अनिमा भुजेललाई पक्राउ गरेको छ । सूचना पाएलगत्तै प्रहरीले चौडेलको उद्दार गरी अनिमालाई ढोलाहिटीबाट पक्राउ गरिएको परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिएका छन् ।

अपहरणमा परेको खबर थाहा पाए लगत्तै साढे २ घण्टाभित्र प्रहरीले चौडेलको सकुशल उद्धार गरी भेजेललाई समेत पक्रिन सफल भएको धानुकले बताए । सिन्धुली घर भई ढोलाहिटीमा फ्ल्याट लिएर बस्दै आएकी अनिमाले चौडेललाई इमाडोलबाट अपहरण गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । अनिमासँगै थप दुई जनाको पनि चौडेल अपहरणमा संलग्नता देखिएको एसएसपी धानुक जानकारी दिएका छन् ।

यसरी भयो अपहरण
चौडेल र भुजेल पूरानै चिनजानका हुन् । उनीहरुबीच पहिल्यैदेखि पैसाको कारोबार हुने गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । आज विहान ६ बजेतिर चौडेल अपहरणमा परेको प्रहरीले जानकारी दिएको छ ।

तर, उनको अपहरण किन गरियो भन्ने कुरा अनुसन्धानमै रहेको प्रहरीले बताएको छ । पूरानो चिनजानकै भएका कारण अनिमाले चौडेललाई इमाडोल बोलाएर अपहरण गरेको हुनसक्ने धानुकले बताएका छन् । चौडेललाई इमाडोलबाट अपहरण गरी सिधै ढोलाहिटी पुर्‍याइएको पाइएको छ ।

चौडेललाई ढोलाहिटी पुर्‍याएपछि अनिमाले दुई लाख लाख फिरौती मागेको पाइएको छ । फिरौती नदिए मार्ने धम्की दिइएको अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ । कृष्णलाई अपहरण गरेपछि अनिमाले छोरी चरु चौडेललाई फोन गरी फिरौती मागेको पाइएको एसएसपी धानुकले बताएका छन् । अनिमाले फोन गरेलगत्तै चरुले एक मिडिया र ललितपुर प्रहरीलाई खबर गरेकी थिइन् । चरुलाई समेत अनिमाले घटना अरुलाई सुनाए मारिदिने धम्की दिएको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ ।

चौडेलकी छोरी चरुले बुबाको अपहरणबारे प्रहरीमा खबर गरेपछि डीएसपी कपिल बोहोराको टोली अपहरित चौडेलको खोजीमा तत्काल परिचालन भएको र सकुशल उद्धार गरको एसएसपी धानुकले बताए । उनले भने, ‘परिसर र महाशाखाको संयुक्त टोली सादा पोसाकमा समेत खटाइएको थियो ।’

भुजेल यसरी परिन् प्रहरीको फन्दा
भुजेलले फिरौती रकम समेत मागेको कुरा जानकारी पाएपछि प्रहरीले चलाखी अपनायो । फिरौती रकम दिने वहानामा डीएसपी बोहोराको टोली र चरु पौडेल ढोलाहिटी पुगे । ढोलाहिटी पुगेर भुजेललाई सम्पर्क गरेर फिरौती रकम दिने बताए । प्रहरी नभएको ठानेकी भुजेल अन्नतः प्रहरीको फन्दामा परेको जनाइएको छ ।

एसएसपी रवीन्द्र धानुक

पक्राउ परेकी भुजेलमाथि अनुसन्धान थालेपछि अपहरण संलग्नमा अरुको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ । थप एक महिला र एक पुरुषको अपहरणमा संलग्नता देखिएको भए पनि उनीहरु को–को हुन् भन्नेबारे प्रहरीले जानकारी दिएको छैन । पक्राउ परेकी अनिमामाथि थप अनुसन्धान भइरहेको एसएसपी धानुकले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७