बुबाको किरिया नगर्दा गाउँ निकाला


२०७६ बैशाख २७ शुक्रबार २२:३७ बजे

वीरगञ्ज, २७ वैसाख । बुबाको किरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ ।

सुवर्ण गाउँपालिका–६ धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो । अन्त्येष्टिपछि छोराहरु अवधेश र पप्पले कपाल काटेनन् भने हिन्दु संस्कारअनुसार किरिया पनि गरेनन् । उनीहरुले परिवारले अपनाइँदै आएको कविरापन्थी परम्पराअनुसार सात दिनमै बुबाको काजकिरिया सके ।

हिन्दु संस्कारअनुसार काजकिरिया नगरेपछि गाउँका केही अगुवाले गाउँले भेला डाके । यादव परिवालाई सामाजिक बहिष्कार गर्ने निर्णय गरे । त्यसपछि यादवको ९ जनको परिवार चार दिनदेखि गाउँ छाडेर हेटौँडाको कमानेमा बस्दै आएको छ । कमानेमा पहिलेदेखि अवधेशको कुखुराको दानाको कारोबार छ । अन्नपूर्ण पोष्टबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७