एकता सन्देश दिन अध्यक्षद्वय भट्टराई र यादवले ८ शहरमा सम्बोधन गर्ने


२०७६ बैशाख २७ शुक्रबार १८:४० बजे

काठमाडौं, २७ वैसाख । समाजवादी पार्टी नेपालले पार्टी एकताको सन्देश दिन देशका आठ शहरमा कार्यक्रम गर्ने भएको छ ।

अगुवा नेतृत्वलाई प्रभावकारी बनाउन देशको आठ वटा शहरमा भव्य कार्यक्रम गर्ने निर्णय भएको जनाइएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार बसेको पहिलो पदाधिकारी बैठकले अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आठ वटै शहरमा संयुक्त रुपमा सम्बोधन गर्ने गरी कार्यक्रम तय गरेको केन्द्रीय सचिव प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

यही वैशाख २३ गते संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भई नवगठित समाजवादी पार्टी नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) सहित विचार र सिद्धान्त मिल्ने दल एवं संगठनहरूलाई एकताको लागि अपील समेत गरेको छ ।

यसका साथै दुवै पार्टीको केन्द्रदेखि स्थानीय वडासम्मै एकीकरण प्रक्रिया टुंगो लगाउन पाँच दिनभित्र समायोजन निर्देशिका तयार गर्न समिति गठन गरेको छ । पार्टी एकीकरणपछि एकताको सन्देश प्रवाह गर्न केन्द्रीयस्तरबाट पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम जेठ ११ गते पूर्वको विराटनगरबाट शुभारम्भ भएर पश्चिमको धनगढी हुँदै जेठ २५ गते पोखरामा समापन हुनेछ ।

कार्यक्रम तालिका अनुसार आगामी जेष्ठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते वीरगञ्ज, १७ गते भैरहवा, १८ गते नेपालगंज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गरी कार्यक्रम सम्पन्न हुनेछ ।

सो कार्यक्रममा नगरपालिका एवं गाउपालिकाका अध्यक्षहरू, प्रदेश समितिका पदाधिकारी, प्रदेशस्थित भ्रातृ संगठनका पदाधिकारी, जिल्ला समन्वय समितिका संयोजक एवं इन्चार्ज तथा पार्टी केन्द्रीय समस्यहरूको सहभागिता रहने जानकारी दिइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७