म कुर्सीमा कुदेर गएर प्रधानमन्त्री भएको होइन, सदनमा मेरो अपमान गरियो : प्रधानमन्त्री


१६:२४ बजे

काठमाडौं, २५ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न सोध्ने नाममा आफूमाथि सदनमा अपमान गरिएको बताएका छन् ।

मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि सांसदहरुले प्रश्न गरेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्रीले निम्छरो विषय बाहेकको जवाफ दिन्छु भनेपछि हंगामा भएको थियो ।

बुधबार जनतासँग प्रधानमन्त्री कार्याक्रममा प्रधानमन्त्री ओलीले भने, ‘संसदमा मेरो अपमान गरियो । तथानाम प्रश्न गरिएको थियो ।’ वाइडबडी, बालुवाटार प्रकरणमा कसैलाई निर्दोष घोषणा गर्ने अधिकार कसले दियो भन्ने जस्ता प्रश्न गरिएको भन्दै उनले भने, ‘मैले तपाईलाई निर्दोष हुन न्यायाधीश हुनुपर्छ र ?’

कांग्रेस नेताहरुले आफ्ना सांसदलाई संसदीय अभ्यासबारे प्रशिक्षण गर्नुपर्ने ठानेको तर नेताहरु नै अगाडि लागेर चर्काे व्यवहार देखाएको भन्दै उनले लोकतान्त्रिक संस्थाहरुको अपमान गर्न आग्रह गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७