यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


२०७६ बैशाख १६ सोमबार १७:२२ बजे

काठमाडौं, १६ बैसाख । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा छ ।

सोमबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०४ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा छ । यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९७ रुपैयाँ ९४ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७