हुम्ला सिमकोट विमानस्थलको सबै उडान बन्द, यात्रु अलपत्र


२०७६ बैशाख ४ बुधबार १४:२० बजे

हुम्ला, ४ बैसाख । लगातारको वर्षाका कारण हुम्लामा हवाइ सेवा बन्द भएको छ । मंगलबार बिहानदेखि लगातार वर्षा भएपछि सिमकोट विमानस्थलमा उडान भर्ने निजी वायु सेवाका जहाजहरुले उडान सेवा बन्द गरेका छन् ।

दुई दिनसम्म उडान नभर्दा सिमकोट विमानस्थलमा आउने–जाने यात्रु अलपत्र परेका छन् । हवाइ सेवा बन्द हुँदा जिल्ला अस्पतालबाट थप उपचारका लागि रिफर भएका बिरामी थप मारमा परेका छन् ।

वर्षाका कारण चिसो अत्याधिक बढेकाले सदरमुकाम सिमकोटको चहल पहल शून्य भएको छ । सदरमुकाम सिमकोट बजार हिलाम्मे हुँदा मानिसहरुलाई आवत–जावतमा पनि समस्या भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७