भरौला गोल्डकपमा पाहुना टोली डाफिन्स क्लब क्याम्रून सेमिफाइनल प्रवेश


०५:५४ बजे

दिपक पुरी
नडाहा, २२ चैत ।
चौँथो अन्तराष्ट्रिय भरौल गोल्डकपमा पाहुना टोली डाफिन्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सुनसरीको बराहक्षेत्र ५ कालाबन्जामा रहेको ज.डे.ज.को खेलमैदानमा भएको खेलमा फ्रेण्डस क्लब काठमाडौंलाई २–१ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा डाफिन्स क्लबका नियले ५ मिनेटमै गोल गर्दे अग्रता लिएका थिए । डि एरिया भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको २५ मिनेटमा फ्रेण्डस क्लबका विदेशी खेलाडी सेराफेले गोल गर्दै बराबरी गरे ।

खेलको दोस्रो हाफमा डाफिन्स क्लबका पेटङगले ७५ मिनेटमा गोल गर्दे फेरी अग्रता दिलाए । त्यसपछि खेलमा दुबै तिरबाट प्रहार भए पनि गोल हुन नसकेपछि डाफिन्सले २–१ले जित हात पारे ।
खेलको म्यान अफ द म्याच निय भए । उनलाई बराहक्षेत्र ४ का वडा अध्यक्ष आसाराम चौधरीले नगद ५ हजार सहित प्रमाणपत्र दिए ।

चैत २० गतेदेखि चैत २७ गतेसम्म संचालन हुने गोल्डकपमा ८ वटा टिम सहभागी रहेको छ । शनिवारको खेल आयोजक न्यु स्टार क्लब बराहक्षेत्र र सरस्वती क्लब काठमाडौ हुनेछ ।

न्यु स्टार क्लबको आयोजना तथा बराहक्षेत्र नगरपालिका संयोजक रहेको गोल्डकपमा प्रथम पुरस्कार ३ लाख दोस्रो पुरस्कार १ लाख ५० हजार रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७