आँधीहुरी पीडितको अस्थायी टहरा निर्माणमा अखिल


११:३७ बजे

बारा, १९ चैत । आइतबार साँझको आँधीहुरी पीडितको अस्थायी टहरा निर्माणमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुकका नेता तथा कार्यकर्ताहरु जुटेका छन् । आँधीहुरीले घर भत्काएकाहरुलाई अस्थायी रुपले बसाउन टहरा निर्माण उनीहरु लागेका हुन् ।

बिनासकारी भूमरीले क्षति गरेको फेटा गाउँपालिकाको भरवलियामा १५ वटा अस्थायी टहरा निर्माण गरेको अनेरास्ववियुकी सचिव आरती लामाले बताइन् । अहिले अखिलक नेता तथा कार्यकर्ताहरु उद्दारसँगै अस्थायी टहरामा निर्माणमा लागेको उनले जानकारी दिइन् ।

आइतबारको बिनासकारी आँधीले फेटा गाउँपालिकामा मात्रै २० को ज्यान गएको थियो । आँधीपीडित ठाउँमा अहिले गाँस र बासको समस्या रहेको लामाको भनाइ छ । आँधीले भत्काएका भग्नावशेष पन्छाउन नसक्दा पीडितहरूलाई बासको अभाव रहेको उनको भनाइ छ ।

असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् ।

बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भलुहीमा रामसुरत दासकी पत्नी माहेश्वरीको मृत्यु भएको छ । सो ठाउँमा हावाहुरीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको छ । मृत्यु हुनेमा फेटा गाउँपालिका–७ पुरैनियाँका दुई वर्षीया अलिशा खातुन, १८ वर्षीया शवनम खातुन, २९ वर्षीया सकिया खातुन, ९ वर्षीया रुकसार खातुन, ११ वर्षीया समसिदा खातुन, ५५ वर्षीया मीना खातुन, २५ वर्षीया विशिया खातुन र ५० वर्षीय तैयर खातुन रहेका छन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७