उद्धार र राहतका लागि अखिल बारा-पर्सामा परिचालित हुने


२०:२९ बजे

काठमाडौं, १८ चैत : सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई १० लाख दिन सरकारसँग माग गरेको छ । उनीहरुले घाइतेको निःशुल्क उपचार र घरबास पुनःस्थापनाका लागि तत्काल कदम चाल्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग मागसमेत गरेका छन् ।

अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)को सोमबार बसेको संयुक्त बैठकले दुवै संगठनका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङ नेतृत्वको टोली बारा र पर्सामा परिचालित हुने निर्णय समेत गरेको छ । अखिलको टोली डाक्टर र स्वास्थ्यकर्मीसहित आँधी प्रभावित बारा–पर्सा जिल्लामा परिचालित हुने नेता सुरेन्द्र बस्नेतले नयाँ पेजलाई बताए ।

‘यस विस्मयकारी घटनाको सन्दर्भमा आजै अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का रञ्जित तामाङको नेतृत्वमा डाक्टरहरु सहितको स्वास्थ्य टोली लाने निर्णय गरियो । साथै दुवै अध्यक्षको नेतृत्वमा दुई नं.प्रदेश र आसपासका दुवै संगठनको सिङ्गो कार्यकर्ता पंक्ति राहत र उद्धारमा परिचालन गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।नेकपा सम्बद्ध विद्यार्थी तथा युवा संगठनका कतिपय नेता-कार्यकर्ताहरु भने प्रभावित क्षेत्रमा खटिएर उद्धार र राहतको काममा सक्रिय भइसकेका छन् ।

अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा अभिभावक गुमाएका र घरवारविहीन भएका बालबालिकाहरुको पठनपाठन प्रभावित हुन नदिन आवश्यक सबै कदम चाल्न पनि माग गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७