पृथकतावाद अन्त्य हुँदा एकथरी मान्छेहरु ‘भुटभुटिएका’ छन् : प्रधानमन्त्री


२०७५ फाल्गुण २७ सोमबार ११:४३ बजे

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने र सोच्न पनि नसकिएको बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद सचिवालयको १८ औं वार्षिकोत्सवलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री एवम् परिषदका अध्यक्ष ओलीले पृथकतावादी समूह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताएका छन् ।

राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने भएकाले यसमा कसैले चिन्ता नगरे हुने बताउँदै उनले भने, ‘तर पृथकतावाद सानो भए पनि घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो ।’

प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुर्मुरिएको देखेर आफू आश्चर्यमा परेको पनि बताए । ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी बिनाको माछा जस्तो भुटभुटिएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पुर्‍याउने कुरामा जनमत संग्रह गर्ने भन्ने सोच्न पनि नमिल्ने कुरा हो ।’

प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने बताएका छन् । ‘देशको शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य हुँदैनन्,’ उनले थपे, ‘कोही मृत संस्था जीवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ती दुवै कुरालाई निस्तेज पारिन्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७