मन्त्री अधिकारीको पुण्य तिथिमा विमानस्थल सरसफाइ, अब को बन्ला पर्यटन मन्त्री ?


२०७५ फाल्गुण २७ सोमबार १८:४५ बजे

काठमाडौं, २७ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सररफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

विमानस्थलले गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३ औं पुण्यतिथिको अवसरमा सरसफाइ गरेको हो । मन्त्री अधिकारीसहित दिवङ्गत सातै जनाको सम्झनामा सरसफाइ, वृक्षरोपण तथा सचेतना कार्यक्रम गरिएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थल परिसरमा मन्त्री अधिकारीलगायतको सम्झनामा रुद्राक्षको बिरुवा रोपेका छन् । सोही अवसरमा विमानस्थल गेट बाहिरका बस्तीका घरमा पुगेर देशको मुहार विमानस्थल र पवित्र धार्मिकस्थल पशुपति क्षेत्रको सरसफाइ गराैं भन्ने सन्देशसहित माइकिङ गरिएको महाप्रबन्धक क्षेत्रीले बताए ।

ताप्लेजुङको पाथिभरा पुगेर फर्कने क्रममा हेलिकोप्टर दुर्घटना परी मन्त्री अधिकारीसहित सातको मृत्यु भएको थियो । पर्यटन मन्त्री अधिकारीले विमानस्थललाई ‘बुटिक’ विमानस्थल बनाउन विभिन्न कामहरु गरेका थिए । अहिले उनको अभियानमा ठेस लागेको छ । अब पर्यटन मन्त्री को बन्लान् भन्ने जिज्ञासा पनि नागरिकमा छाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७