फोन गरी बोलाएर तरुण दलका कार्यकर्ताको हत्या, हत्या आरोपमा तीन जना पक्राउ


२०७५ फाल्गुण २७ सोमबार ०७:४९ बजे

रुपन्देही, २७ फागुन । रुपन्देहीको देवदहीमा तरुण दलका एक कार्यकर्ताको हत्या भएको छ । देवदह नगरपालिका–५ का २० वर्षीय अमिस पुरीको चिरपट र ढुङ्गाले हानेर आइतबार राति हत्या भएको । देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिएका छन् ।

देवदहबाट भलुहीतर्फ मोटरसाइकलमा आउँदै गरेका पुरीलाई फोन गरेर बोलाएर पेट्रोल पम्प पछाडि सडकबाट १ सय मिटरभित्र लगेर चिरपट, ढुङ्गालगायतले हानेर हत्या गरिएको देवदह नगरपालिका प्रमुख हिरा खत्रीले जानकारी दिए ।

उनको छातीमा गहिरो चोट छ । गम्भीर घाइते भएका पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेजमा लैजाने क्रममा ज्यान गएको हो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७