प्रदेश नम्बर १ लाई अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि

काठमाडौं फाल्गुन १८ । पहिलो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रदेश नम्बर १ ले उपाधि जितेका छन् ।

प्रदेश नम्बर १ ले प्रतियोगितामा १३ स्वर्ण, ५ रजत र ५ कास्य जित्दै प्रदेश नम्बर १ पहिलो भएको हो । त्यस्तै प्रदेश नम्बर ७ दोश्रो र प्रदेश नम्बर २ तेश्रो भएका छन् ।
नेपाल सितोरियो कराते संघ रौतहटको आयोजना गरेको सातै प्रदेशले सहभागिता जनाएको प्रतियोगितामा महिला एकलकातामा रोश्मा राई, महिला समुहकातामा विद्याकला राई, नन्जु राई, रोश्मा राईले जितीन् । पुरुष तर्फ एकलकातामा मोतिचन्द्र राई र पुरुष समुहकातामा मोतिचन्द्र राई, अर्जुन श्रेष्ठ, रुरीहाङ दुमिले स्वर्ण पदक जितेका छन् ।

महिला कुमितेतर्फ २५ केजी तौलमा सन्ध्या राई, ३० केजी तौलमा सोनाम शेर्पा, ५५ केजी तौलमा विद्याकला राईले जित हात पारे । पुरुष कुमितेतर्फ ४५ केजी तौलमा पर्शुराज राई, ६० केजी तौलमा सन्तोष राई, ६७ केजी तौलमा रुरीहाङ दुमि, ७५ केजी तौलमा सुजन राई, ६८ प्लस महिला कमितेमा मिसडोना राई तथा ७५ केजी तौलमा ईश्वरधन राईले स्वर्ण पदक जितेका छन् ।
प्रदेश नम्बर १ का रुरीहाङ दुमि र प्रदेश नम्बर २ की खुस्बु खड्काले उत्कृष्ट खेलाडी भएका छन् ।