गगनलाई सहजै जित्छुः राजन भट्टराई


१०:५७ बजे

काठमाडौं : नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभाका लागि वामगठबन्धनका काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा. राजन भट्टराईले काँग्रेसका गगन थापालाई आफूले सहजै जित्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरको काठमाडौं डेक्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘हामीसँग समृद्धि र विकासको खाका छ, म अहिले यति उति भन्दिनँ तर प्रतिस्पर्धीलाई सहजै जित्छु ।’ लोकतन्त्र र विकास सँगसँगै अघि बढ्ने भन्दै भट्टराईले अबको मुद्वा आर्थिक विकास भएको बताउँदै निर्वाचनपछि बन्ने सरकारले स्थायित्व, सुशासन र विकास निर्माणमा केन्द्रित हुने बताए । विगतमा लोकतन्त्रको कुरा अघि बढेपनि विकासका मुद्वा ओझेलमा परेको उनले बताए ।निर्वाचनपछि वामपन्थीको स्थायी सरकार निर्माण हुने र आर्थिक विकासको मुद्वा दुर्तगतिमा अघि बढाउने उनको भनाई थियो । कांग्रेसले २०१५, २०४८ र २०५६ मा बहुमत ल्याएपनि आफ्नै कलहले सरकार ढलेको र विकास निर्माण गर्न नसकेको डा भट्टराईको भनाई थियो । ‘अब राजनीतिले राष्ट्रिय योजना र विकाससँग जोड्नुपर्छ’ उनले भने । जनताको दैनिकी बदल्न अब बन्ने नेतृत्वले ध्यान दिने उहाँको भनाई थियो । क्षेत्र नम्बर ४ मा आफ्नो जित सुनिश्चित भएको र सुविधाजनक ढङ्गले जित्ने दाबी गरे । देशमा विदेशी हस्तक्षेप बढेको भन्दै डा भट्टराईले भने,‘ संविधान कहिले जारी गर्ने, कति प्रदेश बनाउने लगायका मुद्वामा हामी निर्णय गर्न सक्छौँ’ भट्राईले स्थानीय तहदेखि राष्ट्यि तहसम्मका समस्याको समाधानका लागि आफूहरूले जनतासमक्ष मत मागिरहेको बताउँदै निर्वाचनले स्थिर सरकार, सुशासन र समृद्धि दिने जनाए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७