प्रधानमन्त्री केपी शर्मा ओलीको नाम करप्रसाद ओली राखौँ : शेरबहादुर देउवा


२०७५ भदौ २४ आइतबार १९:२२ बजे



बर्दिया, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम करप्रसाद ओली राख्नुपर्ने बताएका छन् । वर्तमान सरकारले अनावश्यक कर बढाएर जनतालाई पिडित बनाएको भन्दै उनले यस्तो बताएका हुन् ।



आइतबार बीपी जयन्तीको अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले गरेको जिल्ला सम्मेलनको समुद्घाटन समारोहमा भने,‘प्रधानमन्त्रीको नाम अब करप्रसाद ओली राख्नुपर्छ ।’
देशैभर जताततै कर बढाएकाले प्रधानमन्त्री केपी ओलीको नाम करप्रसाद ओली राख्नुपर्ने सुझाव छ । देशमा करसँगै दिनहुँ महँगी बढेको उनले बताए । उनले भने, भने, ‘जनतालाई साँझ बिहानको छाक टार्न पनि गाह्रो भइरहेको बेला यसरी कर र महङ्गी बढाउँदा जनतामा सरकारप्रति मात्र होइन व्यवस्थाप्रति नै वितृष्णा आउन सक्छ ।’


सभापति देउवाले देशलाई एकदलिय शासन पद्धतिमा लैजाने सोचमा रहेको उनको आरोप थियो । देशका धेरै क्षेत्रमा आफ्नो पकड बनाउँदै लगेको सरकारले अब प्रहरी प्रशानलाई पनि कब्जामा लिने दाउ बनाइरहेको बताए ।

विदेश नीतिको नाममा खोक्रो राष्ट्रवादको नारा दिएर कम्युनिष्ट सरकार लम्पसारवादतर्फ उन्मुख भएको आरोप पनि देउवाले लगाए । सत्तापक्षको आलोचनामा समय खर्चेका देउवाले नेपाली कांग्रेस पहिलो नम्बरको पार्टी नबनाएसम्म आफूले विश्राम नलिने पनि घोषणा गरेका छन् ।

कांग्रेसका केन्द्रीय नेताहरुको जमघट रहेको समारोहमा नेता विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला लगायत रामशरण महतले आफ्नो धारणा राखेका छन् ।

समारोहमा बोल्दै महामन्त्री शशांक कोइरालाले कम्युनिष्टहरुको आपसमै द्वन्द्व देखिएकाले फेरि टुक्रिन सक्ने सम्भावना रहेको औल्याए । कांग्रेस एकजुट भइ सक्षम हुनसके एक नम्बर पार्टी हुने उनले दाबी गरे ।



सरकार लोकतन्त्रप्रति प्रतिवद्ध छैन  : रामचन्द्र पौडेल


यता कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सरकार लोकतन्त्रप्रति प्रतिवद्ध नरहेको आरोप लगाएका छन् ।

वरिष्ठ नेता पौडेलले सरकारले नागरिक स्वतन्ता समेत हनन् हुनेगरी सबै संवैधानिक निकायलाई समेत निकम्मा बनाउने काममा लागिपरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले न्यायालयलाई समेत हस्तक्षेप गरेर मुुलुकमा हुकुमी शासन चलाउन सरकार लागि परेको पनि बताए।

आईतबार विपी कोइरालाको १ सय ५ औं जयन्तिको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले विपीको जीवन दर्शनबाट सिकेर कम्युनिष्ट नेतृत्वको सरकारको जनता विरोधि कदम रोक्न एकतावद्ध हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रेस स्वतन्त्रताको समेत हनन् गरिरहेको आरोप लगाउँदै सरकारको चर्काे आलोचना गरे। मूल्य वृद्धि लगायतका काम गरेर सरकारले नागरिकलाई मारमा पार्ने काम गरेको उपसभापति निधिको दावी छ।

कार्यक्रममा नेपालको राजनीतिमा विपी कोइरालाको चिन्तनले पु(याएको योगदानको चर्चा गरिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७