'दुर्गा प्रसाईले कहिले मेरो हजुरवाउ भन्छ, कहिले काका तर ओलीजी किन मौन ?'
डाक्टर केसीको समर्थनमा शनिबार माइतीघरबाट बानेश्वरसम्मको प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै कार्कीले भनिन् ‘चारवटा ठेकेदारलाई मोटो बनाएर देश बन्छ ? त्यो व्यक्ति (दुर्गा प्रसाईँ)लाई अस्ति मैले यूट्युवमा हेरेँ, केपी ओली मेरो हजुरवाउ भन्छ, कहिले काका भन्छ । घोर बेइज्जती गरिँरैछ ओलीजीको तैपनि उहाँहरु मौन हुनुहुन्छ ।’
कार्कीले विर्तामोड स्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईले ओलीको बदनाम गरेको बताएकी हुन् । उनले भनिन्, 'मैले मार्सी भात ख्वाकै हो भन्छ, थालमा ख्वाकै हो भन्छ । यो त लाजमान्नुपर्ने कुरा हो, त्यसैकारण म धेरै लामो बोल्दिन, मेरो भनाई यति नै हो यो आम जनता सडकमा त्यतिकै आएको हैन ।'
यसअघि प्रसाईले आफू ५६ सालदेखि जनयुद्ध लडेको, ६ महिना जेल बसेको र गणतन्त्र ल्याउन आफ्नो योगदान दिएको बताएका थिए । उनले प्रचण्ड र केपी ओलीलाई एक ठाउँमा राखेको दालभात खुुवाएर एउटै कम्युनिस्ट पार्टी बनाउन आफूले योगदान गरेको दाबी गरेका थिए ।
कार्कीले डा. गोविन्द केसीको माग सरकारले पुरा नगरे देशमा आगो बल्ने बताईन् । भनिन्, ‘सरकारले जनताको माग सम्वोधन गर्नु पर्छ । सरकारले जनताको माग सम्वोधन गर्दैन भने अलोकप्रिय हुन्छ । यदि सरकारले केसीको माग पूरा गर्दैन भने देशमा आगो बल्छ ।’
उनले आन्दोलन कुनै राजनीतिक पार्टीको समर्थनमा नभएको बताएकी छन् । भनिन्, ‘डाक्टर केसीले त्यही माग्नुभएको हो, गरीबलाई शिक्षा देऊ । स्वास्थ्यमा सुलभ गराउ भनेर मागेको हो, उनको माग सबैको माग हो । अहिलेको सरकारले यसलाई बुझपचाएर नबुझेको जस्तो गरेपनि आम जनताले बुझेका छन् । जनता त्यो पक्षमा छ । त्यसैले म सरकारसँग के अनुरोध गर्दछु भने डाक्टर केसी र डाक्टर केसीका समर्थक कुनै दलका कार्यकर्ता होइनन् ।’
कार्कीको गरेको भाषणको पूर्ण पाठ :-
डा गोविन्द केसीलाई कोरामिन दिएर भएपनि बचाउनुपर्छ, त्यो सरकारको धर्म हो । अहिले जुन सरकार आयो, यो सरकारको र प्रतिपक्षको पनि अस्ति भएको चुनावमा जनतालाई स्वास्थ्य र शिक्षा सर्वसुलभ गराउने भन्ने घोषणापत्र थियो । त्यस्तो बचन राखेर उनीहरुले चुनाव जितेका थिए । डाक्टर केसीले आज जे मागेका छन् तेह्र–चौध पटकको यो जुन अनसन छ, उनले जे मागेका छन् त्यो आफ्नो नीजि निम्ति मागेका हैनन् । हो, कसको निम्ति, जनताको निम्ति । तपाई हाम्रो निम्ति मागेको हो ।
देशमा एउटा आदर्श सरकारले देशमा शिक्षा र स्वास्थ्य भएसम्म गरीबहरुलाई सुलभ गराउनुपर्छ । जो असक्त हुन्छ, त्यसलाई गराउनुपर्छ । यदी गरीबको जीवनस्तर सुधार्ने हो भने गरीबका छोराछोरीलाई डाक्टर पढाउनुपर्यो, धनीकालाई हैन । डाक्टर केसीले त्यही माग्नुभएको हो, गरीबलाई शिक्षा देऊ । स्वास्थ्यमा सुलभ गराउ भनेर मागेको हो, उनको माग सबैको माग हो । अहिलेको सरकारले यसलाई बुझपचाएर नबुझेको जस्तो गरेपनि आम जनताले बुझेका छन् । जनता त्यो पक्षमा छ । त्यसैले म सरकारसँग के अनुरोध गर्दछु भने डाक्टर केसी र डाक्टर केसीका समर्थक कुनै दलका कार्यकर्ता होइनन् ।
अंग्रेजीमा एउटा शब्द छ– क्यामाफ्लोज भन्ने । आफ्नो शासनको शैलीमा कहिले डाक्टर केसीलाई कांग्रेस भनेको छ, कहिले अरुलाई कांग्रेस भनेको छ, त्यो बेकार हो । सरकारमा बस्ने प्रत्येकले बुझेका छन् डाक्टर केसीले जनताको आवाज बोलेको छ किनभने डाक्टर केसीले जनताको लागि गरेको काम सबैले बुझेको छ । डाक्टर केसीले मरेर जाँदा यो नेपालबाट केही लादैनन् । उनी त अमरत्व प्राप्त गरेका ब्यक्ति हुन् अघि पनि भन्नुभयो संग्रौलाजीले ।
त्यसैले यो बेकार छ, म कहाँसम्म माग गर्छु भने उहाँका माग पूरा हुनुपर्छ । पूरा गर्नैपर्छ । ७ पढेको, ८ पढेको, १० पढेको व्यक्तिलाई धनी बनाएर हुन्न । हुन त म आफ्नै मन्त्रीलाई गाली गर्दिन । माफिया पनि भन्दिनँ, डन पनि भन्दिनँ । अमेरिकामा बिल गेट्सले जति कमाउछन् जनतामा लगेर बाँड्छन् ।
अस्ति एउटा खेलाडीले विश्वकप जित्दाखेरी आम जनतालाई बाँडे । नेपालमा ती कमाउनेहरुले नेपाल बनाइदिएको देखाइदिनुप¥यो मलाई यो सरकारले । त्यस्ता व्यक्तिलाई किन पोस्ने ? म अहिलेको सरकारमा बसेका पढेलेखेका प्रबुद्ध ब्यक्तिलाई समाजवाद के हो ? लोकतन्त्र के हो ? प्रजातन्त्र के हो ? म सिकाउन आएको हैन ती ज्ञानी छन् यो कुराको । बुझ्नुपर्छ, समाजवाद भनेको के हो भनेर, त्यो लागू कसरी हुन्छ भनेर । किनभने आम जनता गरीबलाई उठायो भने समाजवाद हुन्छ । चारवटा ठेकेदारलाई मोटो बनाएर देश बन्छ ? त्यो व्यक्ति (दुर्गा प्रसाईँ)लाई अस्ति मैले यूट्युवमा हेरेँ, केपी ओली मेरो हजुरवाउ भन्छ, कहिले काका भन्छ । घोर बेइज्जती गरिँरैछ ओलीजीको तैपनि उहाँहरु मौन हुनुहुन्छ ।
मैले मार्सी भात ख्वाकै हो भन्छ, थालमा ख्वाकै हो भन्छ । यो त लाजमान्नुपर्ने कुरा हो, त्यसैकारण म धेरै लामो बोल्दिन, मेरो भनाई यति नै हो यो आम जनता सडकमा त्यतिकै आएको हैन । हामी त्यसरी आएको हैनौँ । यो सरकारका बिरोधी हैनौँ, उनले भोट पाका छन् जनताबाट हामी मान्दछौँ, सरकार खसोस् भन्ने पनि हाम्रो हैन । तर सरकारले जनताले भनेको मान्नुपर्छ ।
मानेन भने अनपपुलर हुन्छ । मेरो फेरि पनि आग्रह छ, अन्यथा नलिइओस्, यसलाई पोलिटिकल भनेर क्यास गर्ने प्रयास नगरियोस्, फरक पर्छ यो सामाजिक आन्दोलन हो । यसमा डाक्टर केसीले के मागेका छन् त्यो पूरा गर्नुपर्छ । यदी पूरा भएन भने देशमा आगो बल्छ । यति भन्दै म बिदा हुन्छु । .gif)

.png)

