गङ्गासागरमा रवि दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य 


२०८३ कार्तिक ३० सोमबार ०९:५४ बजे

जनकपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

छठ पर्व मनाउन जनकपुर पुगेका उनीहरूले आइतबार साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

लामिछाने दम्पती जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोकमा रहेको नरेश साहको घरबाट ढाकी बोकेर छठघाट पुगेका थिए । उनीहरूसँगै परिवारका अन्य सदस्य र शुभेच्छुक पनि घाटमा सहभागी भएका थिए ।

यसैबीच, सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म विधिपूर्वक मनाइने यस वर्षको छठ पर्व सम्पन्न भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७