प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

‘प्रधानमन्त्रीले संसद्‌मा आएर आफ्नो बोली सच्याउनुपर्छ’


२०८३ जेठ २८ बिहीबार १२:०६ बजे

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसदमा सीमाका विषयमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ समय मागेर बोल्दै अध्यक्ष साम्पाङले गत जेठ १७ गते प्रधानमन्त्री शाहले सदनमा व्यक्त गरेको सीमा सम्बन्धी धारणा आपत्तिजनक रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गरेका हुन्। प्रधानमन्त्रीले संसद्‌मै आएर आफ्नो बोली सच्याउनुपर्ने र उक्त भनाइलाई संसद्को आधिकारिक रेकर्डबाट तुरुन्तै हटाइनुपर्नेमा उनले जोड दिए।

त्यसैगरी, बैठकमा प्रतिनिधिसभा नियमावलीका नियमहरू बेवास्ता भइरहेको टिप्पणी गर्दै अध्यक्ष साम्पाङले संसद्को गरिमा कायम राख्न नियमहरूको पूर्ण परिपालना गर्न सभामुखमार्फत आग्रह समेत गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७