नेपाल-भारत क्रस बोर्डर डिजिटल बैंकिङ सुरु, अब सिधै बैंक खाताबाटै पैसा पठाउन र पाउन सकिने

एकपटकमा १५ हजार भारू भारत पठाउन मिल्ने


२०८३ जेठ २४ आइतबार १५:३४ बजे

काठमाडौँ :  नेपाल र भारतबीच एक अर्काको देशमा सिधै पैसा पठाउन र प्राप्त गर्न (डाइरेक्ट ट्रान्सफर) सकिने ऐतिहासिक सेवाको औपचारिक सुरुवात भएको छ। भारत भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा यो डिजिटल भुक्तानी सेवाको उद्घाटन गरेका हुन्। वि.सं. २०८० मा नेपाल र भारतबीच भएको 'क्रस बोर्डर पेमेन्ट' सम्झौता अन्तर्गत नै यो सेवा सञ्चालनमा ल्याइएको हो।

यो नयाँ व्यवस्थासँगै भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस र नेपालको नेसनल पेमेन्ट इन्टरफेस प्रणाली एकआपसमा जोडिएका छन्। यस अन्तर-आबद्धता मार्फत अब दुवै देशका नागरिकले सिधै बैंक खाताबाट बैंक खातामा रकम स्थानान्तरण गर्न सक्नेछन्। हाल नेपालका करिब आधा दर्जन बैंकहरूबाट यो सेवा प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानका अनुसार, नेपालबाट भारततर्फ पैसा पठाउने सुविधा तत्कालका लागि नेपालमा काम गरिरहेका वा अस्थायी रूपमा बसोबास गरिरहेका भारतीय नागरिकहरूले मात्र पाउनेछन्। उनीहरूले नेपालबाट प्रतिपटक १५ हजार भारतीय रुपैयाँ (भारू) सम्म र प्रतिमहिना अधिकतम २ लाख भारूसम्म भारत पठाउन सक्नेछन्।

त्यसैगरी, भारतबाट नेपाल पैसा पठाउने हकमा भने त्यहाँ रोजगारीमा रहेका नेपाली वा भारतीय नागरिकले प्रतिपटक अधिकतम २ लाख भारूसम्म पठाउन सक्ने व्यवस्था गरिएको छ। भारतबाट पैसा पठाउँदा दैनिक वा मासिक सीमा तोकिएको छैन। यसअघि नेपाल आउने भारतीय पर्यटकहरूले क्युआर  कोडमार्फत भुक्तानी गर्ने सुविधा पाइसकेका भए तापनि नेपालबाट भारत जानेहरूका लागि भने क्युआर भुक्तानी सेवा अझै सुरु भइसकेको छैन।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७