पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: आज कस्तो रहला त मौसम?
काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै असरले गर्दा अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित कोशी प्रदेशका हिमाली भेगमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिक बादल लागेको छ।
आज दिउँसोको पूर्वानुमान
- पहाड र हिमाल : देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
- तराई: तराईका भूभागमा आंशिक बादल लाग्ने देखिन्छ। केही सीमित स्थानमा भने चट्याङ्गसहित हल्का वर्षा हुनसक्नेछ।
रातिको समयमा कोशी प्रदेश र हिमाली क्षेत्रमा बदलीको अवस्था कायम रहनेछ। कोशी प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ भने मधेस प्रदेश र अन्य पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
.gif)

.png)

