प्रतिकूल मौसमका कारण उडान प्रभावित, दर्जनाैँ उडान रद्द र डाइभर्ट
काठमाडौँ: उपत्यकामा हावाहुरीसहितको भारी वर्षाका कारण आज दिउँसोदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान सेवा प्रभावित भएको छ। प्रतिकूल मौसमले उडान सुरक्षामा जोखिम देखिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडानहरू प्रभावित भएका हुन्।
विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार खराब मौसमका कारण केही जहाजहरू 'ओभरसुट' भएका छन् भने केहीलाई अन्यत्रै 'डाइभर्ट' गरिएको छ।
अन्तर्राष्ट्रिय उडानमा असर: जापानको नारिताबाट काठमाडौँ आएको नेपाल एयरलाइन्सको जहाज धावनमार्ग नजिकै पुगिसकेको अवस्थामा तीव्र हावाका कारण अवतरण गर्न नसकी 'ओभरसुट' गरिएको छ। यस्तै, भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डियाको जहाज काठमाडौँको आकाशमा लामो समय फन्को मारेर पनि अवतरण गर्न नसकेपछि बनारस फिर्ता (डाइभर्ट) पठाइएको छ।
आन्तरिकतर्फको उडान रद्द: महाप्रबन्धक सिटौलाका अनुसार पोखरा, विराटनगर, भैरहवा र सिमराका उडानहरू रद्द गरिएका छन्। हालसम्म बुद्ध एयरका १६, यती एयरका १३ र श्री एयरलाइन्सका २ वटा उडान रद्द भइसकेका छन्।
.gif)

.png)

