अशोक राई छोडेर उपेन्द्र यादवतिरै फर्किए रेणु र प्रदीपय यादवहरु
काठमाडौँ : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरू जसपा नेपालमा फर्किएका छन् । सहअध्यक्ष रेणु यादवसहित नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमै फर्किएका हुन्।
पार्टी एकता सहमति पत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपाकी सहअध्यक्ष रेणु यादवले हस्ताक्षर गरेका छन्। सोमबार जसपा सहअध्यक्ष रेणु यादवको नेतृत्वमा आफूसहित बहुमत केन्द्रीय सदस्यहरू जसपा नेपालमा फर्किएको नेता प्रदीप यादवले जनाकारी दिए ।
यसअघि राजेन्द्र श्रेष्ठ लगायतका नेताहरूले पनि अशोक राई नेतृत्वको जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए । जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबीच हिजो पार्टी एकताको सहमति भएको थियो।
.gif)

.png)

