फेरि मिले उपेन्द्र यादव र महन्थ ठाकुर
मधेशका प्रमुख शक्ति फेरि एकै ठाउँमा
काठमाडौं : मधेशमा बलियो प्रभाव राख्ने दुई शक्तिबीच एकता घोषणा भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी एकता गर्ने निर्णय गरेका छन् ।
आइतबार काठमाडौंमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेको हो। ‘बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्याय लगायत अग्रगामी परिवर्तनका मुद्दालाई थप मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकताला आत्मसात गरी पार्टी एकीकरणको निर्णय गरिएको हो,’ दुवै पार्टीद्वारा संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशीता, सामाजिक न्यायलगायत अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत बनाउने निष्कर्ष निकालेको छ । २०७७ वैशाखमा पनि यी दुई पार्टीबीच एकता भएको थियो । ११ वैशाख २०७७ मा यी दुई पार्टीबीच एकता भएर जसपा बन्यो । जसपा बन्दा संघीय संसदमै यो दल ३४ सांसदसहित बलियो शक्ति बन्न पुगेको थियो । यी दुई शक्ति मधेसको प्रमुख शक्ति हो ।
.gif)

.png)

