आज दसैँको एकादशी, टीका जमरा लगाउने क्रम जारी


२०८२ असोज १७ शुक्रबार १०:२२ बजे

काठमाडौं । आज बडादसैँ अन्तर्गत एकादशी । आज पनि दसैँके टीका जमरा लगाउने क्रम जारी छ । 

कतिपय समूदायमा दसैँको टीका एक दिन मात्रै लगाउने चलन भएपनि कतिपय समूदायमा पाँच दिनसम्म टीका जमरा लगाउने प्रचलन छ । एक दिनमात्रै टीका ग्रहण गर्नहरूले समेत सो दिन नभ्याएको खण्डमा पूर्णिमासम्म टीका जमरा लगाउन आइपुग्छन् ।

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरुसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७