राष्ट्रपति पौडेलले लगाए दसैँ टीका, सर्वसाधारणलाई भने नगाइदिने

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा दसैँ टीका लगाएका छन् ।
उनले बिहीबार बिहान ११:५३ बजेको शुभ साइतमा हनुमानढोकास्थित दसैँघरका मूल पुजारी देवराज अर्यालबाट टीका र प्रसाद ग्रहण गरेका हुन्।
तर, यस वर्षको दसैँमा राष्ट्रपतिले सर्वसाधारण नागरिकलाई भने टीका लगाइदिएनन् ।
देशको विषम परिस्थितिका कारण टीका लगाइदिने कार्यक्रम आयोजना नगिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।