काठमाडौंसहित आज ३३ जिल्लामा बाढीको जोखिम


२०८२ असार २८ शनिबार १०:०७ बजे

काठमाडौं । देशका केही नदी तथा खोलामा आज (शनिबार)  पनि बाढीको सम्भावना छ । सात वटै प्रदेशका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिन जस्तै आज (शनिबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाब सतर्कता तहभन्दा तलै छ ।

जिल्लाका हिसाबले भने आज बारा, पर्सा, रौतहट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रेपलान्चोक, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ ।

आज संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, सिन्धुली, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, गुल्मी, प्यठान, बैतडी, डोटी, बझाङ र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना पनि मध्यम नै रहेको बाढी महाशाखाले जनाएको छ । उल्लिखित ३३ जिल्लालाई बाढी महाशाखाले पहेंलो रङ अर्थात एल्लो अलर्टमा राखेर खोला÷नदी क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७