आज पनि संसद‍मा रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार


२०८२ असार ५ बिहीबार १७:३८ बजे
फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज (बिहीबार) पनि रास्वपा र राप्रपाले अवरोध गरेका छन्। बैठक हुने बित्तिकै रास्वपाका हरि ढकाल र राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो धारणा राखेर अवरोध कायमै रहेको बताए। 

लगत्तै रास्वपा सांसदहरुले यसअघिझै वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेकमाथि छानबिन समिति बनाउनुपर्ने माग राख्दै गत जेठ १३ गतेदेखि राप्रपा र रास्वपाले संसद् बैठक अवरोध गरिरहेका छन्। त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफूहरुले संसद् बैठक बहिष्कार गर्ने बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७