बजेटले अनुमान गरे जस्तो आम्दानी हुनसक्ने अवस्था छैन : पूर्व अर्थमन्त्री महत


२०८२ असार १ आइतबार १०:२० बजे

काठमाडौँ । पूर्व अर्थमन्त्री तथा सत्ता साझेदार नेपाली कांग्रेस सांसद प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरे जस्तो आम्दानी नहुने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा ’आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल’ मा भाग लिँदै उनले यस्तो बताएका हुन्।

अन्तर्राष्ट्रिय अनुदान प्रस्ताव गरिएकोअनुसार प्राप्त नहुने अवस्था रहेको र वैदेशिक ऋण समेत सोही अनुपातमा कार्यान्वयन हुने सम्भावना नरहेको उनले बताएका छन्। राजस्वको लक्ष्य हासिल गर्न कठिन रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले मिहिनेत गर्नुपर्नेमा उनले जोड दिएका छन्। कांग्रेसका प्रवक्ता समेत रहेका महतले बजेटमा उल्लेख गरिएको आम्दानीको स्रोत जुटाउन कठिन हुनेमा दुई मत नरहेको स्पष्ट पारे।

‘बजेटले जुन आम्दानीको अनुमान गरेको छ, त्यो आम्दानी चाहेजस्तो हुने अवस्था छैन। विदेशी अनुदान, अन्तर्राष्ट्रिय अनुदान हामीले प्रस्ताव गरेअनुसार प्राप्त हुने अवस्था छैन। वैदेशिक ऋण पनि त्यही हिसाबले कार्यान्वयन हुने अवस्था छैन। र राजस्वको जुन लक्ष्य राखिएको छ, पहिलेभन्दा घटाइएको छ। तैपनि, यो लक्ष्य प्राप्त गर्न धेरै मिहिनेत गर्नुपर्नेछ,’ उनले भने। बजेमा देखाइएअनुसार आम्दानी नजुट्ने भएकाले विनियोजनमा समस्या आउने उनको भनाइ छ। उनले आगामी बजेटले सामाजिक सुरक्षा भत्तामा समसामयिक रूपमा सुधार गरेर केही बचत गर्ने प्रयास गरेको पनि बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७