रास्वपा र राप्रपाको वेल घेराउ, सभामुखले पेलेरै अगाडि बढाए सदन

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपा र राप्रपाका सांसदले बेल घेराउ गरेका छन्। दुई दलको विरोधका बीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन्।बैठक सुरु भए लगत्तै रास्वपा र राप्रपाले अवरोध गरेका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले सचिव योगेश भट्टराईले सदनमा भनाइ राखेका छन्।
संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक झण्ड दुई घण्टा ढिला गरी बैठक सुरु भएको हो। २० दिनदेखि जारी संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आइतबार प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए। तर विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आ–आफ्ना अडान कायमै राखेकाले सहमति हुन सकेको छैन।