सुनको मूल्य निरन्तर बढ्दो, आज तोलाको कति पुुग्यो ?


२०८२ असार १ आइतबार ०९:४४ बजे

काठमाडौँ । गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छ भने चाँदीको मोल भने स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ। 

गत जेठ २७ एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो। जेठ २८ गते रु एक लाख ९१ हजार ३०० जेठ २९ गते एक लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला सुन रु एक लाख ९७ हजार १०० मा खरिद बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७