विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो


२०८२ जेठ २७ मंगलबार १०:४३ बजे

काठमाडौं । पछिल्लो वर्ष प्रत्येक महिना विदेशी विनिमय सञ्चितिमा नयाँ रेकर्ड बनिरहेको छ। कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले बढेर गत वैशाखमा २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। ०८१ असारमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो। यस्तै, अमेरिकी डलर सञ्चिति २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। यस्तो सञ्चिति ०८१ असार मसान्तमा १५ अर्ब २७ करोड डलर थियो ।

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत छ । आर्थिक वर्ष २०८१/८२ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ । ०८२ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः ४१.१, १२१.४ र ३३.८ प्रतिशत छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७