सुनको भाउ थप घट्यो, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य थप घटेको छ । चाँदीको मूल्यमा हल्का वृद्धि भएको छ। सोमबार प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँ कायम भएको छ। यसैगरी, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ।
सोमबार प्रतितोला दुई हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँले बढेर दुई हजार १६५ रुपैयाँ पुगेको छ । आइतबार तोलामा तीन हजार रुपैयाँ र सोमबार एक सय रुपैयाँ घटेको सुनको मूल्य आज थप ६ सय रुपैयाँ घटेको हो। गत साता सुनको मूल्य ५९ सय रुपैयाँ बढेको थियो। गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।