हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध


२०८२ जेठ ५ सोमबार १४:५३ बजे

बागमती । हेटौंडा–काठमाडौंँ जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले कान्ति लोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो । 

सोमबार राति परेको अविरल वर्षाका कारण मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमानामा पर्ने कान्ति लोकपथ सडक खण्ड अवरुद्ध बनेको हो । बागमती खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बाढीले बगाउँदा उक्त सडक खण्डमा गए रातिदेखि नै सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको मकवानपुर प्रहरीले जनाएको छ । सडक अबरुद्ध हुँदा यात्रुहरू बीचमै अलपत्र परेका छन् भने सवारी साधन जाममा परेका छन् ।

वर्षा अझै जारी रहेकाले तत्काल डाइभर्सन पुनः निर्माणमा कठिनाइ भएको प्रहरीले जनाएको छ । वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढ्न गई डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । डाइभर्सन मर्मत गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७