हामी कर्णालीको विकासबारे सोध्छौं, सरकार मार्सी चालमको गुणगान गाउँछ : सांसद कठायत


२०८२ जेठ ४ आइतबार १६:२४ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णालीका सांसदहरुले देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेको बताएकी छन्।

आज (आइतबार) को प्रतिनिधि सभामा बोल्दै उनले कर्णालीका मुद्दालाई गम्भीर रुपले उठाउने गरे पनि सरकारले फितलो जवाफ दिने गरेको बताइन्। ‘हामी कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले कर्णालीका मुद्दालाई गम्भीर रुपले उठाउने गर्दछौ । तर यो सरकार भने अति नै फितलो जवाफ दिने गर्दछ । हामीले सरकारसँग देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेका हुन्छौ । यदि कर्णालीलाई क्षति भएको निष्कर्ष हो भने क्षतिपूर्ति सहितको राज्यको लगानी खोजिरहेका छौं । तर सरकार भने मजाक गरिराखेको छ,’ उनले भनिन् ।

उनले सरकार कर्णालीका जनतासँग मजाक गरिरहेको भन्दै विकासका नाममा पूरानै मार्सी चामलको गुनगान गाइरहेको पनि बताइन् । ६० को दशकमा बनेको सुर्खेत–जुम्ला कोडिडोर, ३० को दशकमा बनेको विमानस्थल र डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले बनाएको कर्णाली स्वास्थ्य प्रतिस्ठानको गुनगान गाएर बस्दा जिम्मेवारी पूरा नहुने उनको जिकिर थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७