‘बजेट सीमान्तकृत समुदायको उत्थानका लागि आउनु पर्छ’


२०८२ जेठ ४ आइतबार १६:२८ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस सांसद नारायणप्रसाद साउदले सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट निर्माण गर्न सरकारसँग माग गरेका छन्। आज (आइतबार) प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साउदले  विगतको अनुभवबाट पाठ सिकेर सीमान्तकृत समुदायको उत्थानका लागि बजेट निर्माण गर्नुपर्नेमा जोड दिए ।

‘विगतमा भएका अनुभव र विद्रोहबाट पाठ सिक्दै सामाजिक न्याय र विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट निर्माणका लागि सरकारलाई सभामुखमार्फत सुझाव दिन चाहन्छु,’ उनले भने ।’ विकासको सूचांकले गाउँबस्ती पछाडि पारेको, दुर्गम बस्तीहरू उजाड हुँदै गएको र देशका पछाडि परेका सूदूरपश्चिमको कर्णाली र मधेश प्रदेश विकासमा उपेक्षित हुँदै गएको बताउँदै बजेट उत्पादन र नतिजामुखी हुनुपर्ने बताए । उनले नेपालमा असन्तुलित विकास र पहुँचवालकै  हालिमुहाली हुँदा बजेटमा लामो समयदेखि विवाद हुँदै आएको बताए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७