सुदूरपश्चिम सरकार र आन्दोलनरत कर्मचारीबीच पाँच बुँदे सहमति 


२०८२ जेठ ४ आइतबार १५:५२ बजे

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे सहमति भएको छ। ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्तहरूमा व्यवस्था गर्न बनेको विधेयक’ ल्याउने विषयमा सहमति भएको हो । 

छलफलमा मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशनमा प्रदेश सरकारकातर्फबाट पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, सांसद विक्रमसिंह धामी र सांसद चक्रबहादुर रावलसहितको टोली र कर्मचारीका तर्फबाट स्थानीय तह कर्मचारी संघर्ष समितिका संयोजक झलकबहादुर तौल र सदस्य इन्द्र रावल रहेका थिए ।

सहमतिपछि कर्मचारीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । प्रदेश सरकारले मन्त्रिपरिषद्बाट स्वीकृत भएर प्रदेश सभामा पेस भइसकेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र जारी गर्ने प्रतिबद्धता जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७