संसदमा उठ्यो प्राधिकरणले बिना सूचना लाइन छाड्दा मजदुरको मृत्युु भएको विषय


२०८२ जेठ ४ आइतबार १५:४४ बजे
फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट लागेर मृत्यु भएको विषय उठेको छ । प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका २८ वर्षीय उपेश नेपालीको शनिबार धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत् पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको विषय उठाएका हुन् । 

प्रतिनिधिसभाको आकस्मिक समयमा काभ्रेका सांसद सूर्यमान दोङ तामाङ, शिव नेपाली, सहराज अहमत फारुकी पोलमा करेन्ट लागेर मृत्यु भएको विषयमा छानबिन गर्न माग गरे । उनीहरूले यो घटना मृत्यु भएको नभई हत्या भएको बताउँदै छानबिन गर्न माग गरे । ‘हिजो काभ्रेमा एक मजदुरको ज्यान गएको छ, जिल्ला विद्युत प्राधिकरणले बन्दको सूचना दिएता पनि मजदुर काममा रहेका बेला खोलियो,’ तामाङले भने, ‘विद्युत प्राधिकरणको गैरजिम्मेवारीका कारणले उपेश दमाईको मृत्यु भएको छ ।’ उनले थपे, ‘त्यसको सत्य तथ्यको छानबिन होस् ।’

त्यस्तै सांसद शिव नेपालीले पनि घटनाको छानविन गरी कारबाही गर्न माग गरेका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पनि परियारको मृत्यु भएको नभइ हत्या भएको भन्दै मुद्दा चलाउन माग गरेका छन् । ‘जसरी घटना भएको छ, त्यो दुर्घटना मान्न सकिँदैन,’ शाहीले भने, ‘त्यो हत्याको रुपमा दर्ज होस् र ज्यान मार्ने उद्योगमा रुपमा मुद्दा दर्ता होस् ।’ जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको थियो । तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचना विना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको बताइएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७