काठमाडौं मखन गल्लीको घरमा लागेको आगो नियन्त्रण, एक महिलाकाे शव फेला


२०८२ बैशाख ३१ बुधबार १६:२८ बजे

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखन गल्लीका दुुई घरमा लागेको आगो नियन्त्रणमा आएको छ । ग्यास चुहिएर भएको आगलागी भर्खरै नियन्त्रणमा आएको हो । आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ भने लाखौँको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। ग्यास चुहिएर भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको हो ।

आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक वृद्ध महिलाको मृत्यु भएको छ । शव परीक्षणका लागि वीर अस्पताल लगिएको र सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। ६ वटा बारुणयन्त्रसँगै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सक्रियतामा आगलागी नियन्त्रणमा आएको हो। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७