संसद बैठक आज पनि बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


२०८२ बैशाख ३१ बुधबार १४:०६ बजे

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि बस्दैछ । बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ । 

आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची सचिवालयले तय गरेको छ । त्यसैगरि  ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा नेमकिपाका सांसद प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेश गर्ने सम्भावित कार्यसूची समेत छ । 

त्यसै गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको संसद् सचिवालयले जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७