नयाँ बसपार्कको गेष्ट हाउसमा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौँको नयाँ बासपार्कस्थित होटलमा एक व्यक्ति मृत भेटिएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ घर भएका ४० वर्षीय विनोद खत्री आइतबार मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँ महानगरपालिका–२६ वीरेन्द्र ऐश्वर्या मार्गस्थित सगरमाथा गेष्ट हाउसको २०१ नम्बर कोठामा उनी मृत फेला परेका हुन् । घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले बताएका छन् ।