जेठ १५ देखि राजावादीहरुको अनिश्चितकालीन जनआन्दोलन


१७:५६ बजे

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आउँदो जेठ १५ गतेदेखि धर्ना, जुलुस र प्रदर्शन गर्न आग्रह गरेको छ। आज (बिहीबार) समितिले आन्दोलनका कार्यक्रम घोषणा गर्न आयोजना गरेको कार्यक्रममा संयोजक नवराज सुवेदीले भने, ‘जेठ १५ देखि नै जुलुस, धर्ना र प्रदर्शन गर्न सबैमा अपिल गर्दैछौं ।’ आन्दोलनबारे विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने भन्दै उनले सबैलाई यसमा सहभागी हुन समेत आह्वान गरेका छन् ।

‘यस आन्दोलनमा सहभागी हुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हामी आग्रह गर्दछौँ,’ सुवेदीले भने। आन्दोलनमा संलग्न समूह र दललाई वडा, पालिका र जिल्लामा संयुक्त जनआन्दोलन समिति गठन गर्न समेत उनले आग्रह गरे । सुवेदीले भने, ‘प्रत्येक जिल्ला, पालिका र वडामा संयुक्त जनआन्दोलन समिति गठन गर्न यस आन्दोलनमा संलग्न दल र समूहलाई आह्वान गर्दछौं ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७