माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन


१७:०५ बजे

काठमाडौं । देशभरका लघुवित्ती पीडितहरूले आज (बिहीबार) पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका उनीहरूले  काठमाडौंको माइतीघरमा सरकारविरुद्ध विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् । लघुवित्त र मिटर ब्याजीका कारण आफूहरू समस्यामा पर्दा समेत सरकार मुकदर्शक बनेको भन्दै माग पूरा नभएसम्म जिल्ला नर्फकिने उनीहरूको भनाइ छ ।

सरकारले पटक–पटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूले बताएका छन् । लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था, समाजवादी अर्थतन्त्रको विकास जनपक्षीय मौद्रिक नीति कायम, कालोसूची तथा धितो लिलाम फुकुवा, भूमिहीन तथा वित्तीय शोषणका पीडितहरूलाई मुआब्जाको व्यवस्था र प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्थाको माग गर्दै उनीहरू लामो समयदेखि आन्दोलित छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७