जनकपुरमा खेलकुद मैदानका लागि आन्दोलन गर्ने सांसद झाको चेतावनी


१७:४६ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले खेलकुद क्षेत्रमा पनि विचौलियाको प्रवेश भएको बताएका छन्। आज (बिहीबार) प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै झाले जनकपुरधाममा निर्माणको प्रक्रियामा रहेको खेलकुद मैदानका निम्ति वार्षिक तोकिएको भाडा एक्कासी बढाइएकाले त्यहाँ पनि बिचौलिया प्रवेश भएको बताएका हुन् । 

‘खेलकुद परिषदले गुठी संस्थानलाई वार्षिक ९ लाख रूपैयाँ तिथ्र्यो त्यसका लागि हामीले अहिलेसम्म ४ करोड खर्च गरिसक्यौं । तर एक्कासी  खै के कारणले त्यसको भाडादर ४९ लाख ६० हजार बढाइयो । यसमा समृद्ध विचौलिया, समृद्ध दलाल छिरे जस्तो छ,’ उनले भने ।  

उनले जनकपुरको लक्ष्मीकुटीको नाउँमा रहेको १७ बिघा जमीनमा डिपिआर गरेर साढे २ अर्बको अन्तर्राष्ट्रिय रंगशाला परिकल्पना भएको अवस्थामा रोकिने अवस्था आएको पनि बताए । त्यसो भए आन्दोलन गर्ने चेतावनी पनि सांसद झाले दिएका छन् । ‘जनकपुरको युवाहरूको त्यो क्रिकेट रंगशालाको परिकल्पना र खेलाडीहरूको सपनामा कुनै व्यवधान  भयो भने चाँडै आन्दोलन हुनेछ,’ उनले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७