भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु


१६:१२ बजे


काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन्। आज बिहान देहरादुनबाट हर्सिल भन्ने ठाउँ जाँदै गरेको हेलिकप्टर गंगोत्रीभन्दा पर भागिरथी नदी नजिक पहाडी क्षेत्रमा दुर्घटना भएको हो। हेलिकप्टरमा सात जना सवार थिए । तीमध्ये पाँच जनाको मृत्यु र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । मृतकको परिचय पनि खुलेको छैन। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाको अनुसन्धान गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् । दुर्घटना भएको हेलिकप्टर निजी कम्पनीको हो । खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । उत्तराखण्डमा केही दिनदेखि नै मौसम खराब छ । भारतको मौसम विज्ञान विभागले सो क्षेत्रमा पानी पर्ने र हावाहुरी चल्ने चेतावनी जारी गरेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७