भारतले पाकिस्तानमा  गरेको आक्रमणमा हालसम्म कति मारिए ?

‘भारतले ठूलो गल्ती गर्‍यो, आणविक युद्ध भए उ नै जिम्मेवार हुनेछ’


११:१६ बजे

काठमाडौं । भारतले पाकिस्तानमाथि बुधबार गरेको मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। बुधबार राति १ः०५ बजेदेखि साढे १ बजेसम्म भारतले पाकिस्तानका नौवटा ठाउँलाई लक्ष्य गरेर मिसाइल आक्रमण गरेको थियो ।

आक्रमणमा परी ३१ जना पाकिस्तानी नागरिकहरुको मृत्यु भएको त्यहाँको सेनालाई उद्धत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । आक्रमणमा ४६ जना घाइते भएको पनि सेनाका प्रवक्ताले बताएका छन् । भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेपछि पाकिस्तानको सेनाले जम्मू–कश्मिरको सीमा क्षेत्र लाइन अफ कन्ट्रोलमा बमबारी गर्दा १० जना भारतीय नागरिकको मृत्यु भएको बताइएको छ । भारतले पहलगाममा भएको आतंकवादी हमलाको जबाफस्वरूप पाकिस्तानमा हवाई आक्रमण गरेको बताएको छ । आक्रमणलाई उसले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ ।

उसले ती आतंकवादी समूहका नौ वटा अड्डाहरूलाई निशाना बनाएर आक्रमण गरेको भनेको छ । भारतले गरेको आक्रमणको जबाफ पाकिस्तानले दिने घोषणा गरिसकेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले बुधबार अबेर गरेको सम्बोधनमा भारतले ठूलो गल्ती गरेको बताएका छन् ।

‘भारतले हिजो राति गरेको ठूलो गल्तीको मूल्य अब उसले चुकाउनु पर्नेछ । उनीहरूलाई हामी पछि हट्छौं भन्ने लागेको होला तर यो वीर मानिसहरूको देश हो, उनीहरुको संकल्प फलाम जस्तै दृढ छ,’ प्रधानमन्त्री शरिफले भनेका छन्। भारतले पनि पाकिस्तानले आक्रमण गरेको खण्डमा त्यसको जबाफ दिने भनेको छ। फ्रान्सले भारतको पक्ष लिएको छ। विदेश मन्त्रालयले आतंकवादविरूद्धको लडाइँमा फ्रान्स भारतको साथमा छ भनेर विज्ञप्ती नै जारी गरेको थियो ।

अमेरिका, चीन, रूस लगायतका शक्ति राष्ट्रहरूले भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन भनेका छन्।पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले भारतको यो हमलाको बदला लिने बताएका छन् । ‘हामी ठाउँ र समय छनौट गरेपछि आक्रमण गर्नेछौँ’, शरिफले भनेका छन् । यसैबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले हिजो भने कि यदि भारतले यो आक्रमणलाई अगाडि बढायो र आणविक युद्ध भयो भने यसको जिम्मेवारी भारतको हुनेछ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७