सरकारले कांग्रेसलाई एमालेकरण गर्‍यो : सांसद श्रेष्ठ


०६:४३ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विराजभक्त श्रेष्ठले सरकारले नीति तथा कार्यक्रममार्फत कांग्रेसलाई पनि एमालेकरण गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै श्रेष्ठले दुई पार्टीमा फरक नदेखिएको बताएका हुन्।

दुई ठूला दल सैद्धान्तिक र व्यवहारिक रूपमा एउटै भएको र सरकारले कांग्रेसलाई पनि एमालेकरण गरेको श्रेष्ठको भनाइ थियो। ‘अहिले एमाले सरकारलाई बधाई दिन चाहन्छु किनभने यो पाला कांग्रेसलाई एमालेकरण गर्दिनु भएको जस्तो लाग्छ । सुखी नेपाली समृद्ध नेपाल अब यो संसद्ले स्वीकार गरिसकेको छ,’ उनले भने। एमालेको समृद्धि नेपाल सुखी नेपालको नारा कांग्रेस र एमाले गठबन्धनको सरकारले स्वीकार गरिसकेको उनले बताएका हुन् ।

कांग्रेस र एमाले आगामी निर्वाचनमा के फरक अवधारणा लिएर जाने हो भन्ने चासोको विषय रहेको पनि श्रेष्ठले बताए। ‘मलाई त चिन्ता के लाग्छ भने यी दुई दल आगामी निर्वाचनमा के एजेण्डा लिएर जनता कहाँ जान्छन् ? सैद्धान्तिक, व्यवहारिक हिसाबले दुई फरक दल बनेनन्, अब नीतिमा पनि ऐक्यबद्धता भइरहेको छ,’ उनले भने। सुखी नेपाली समृद्ध नेपालको नारा पनि एमाले र कांग्रेस गठबन्धन सरकारमा संशोधन गर्नुपर्ने बेला भएको श्रेष्ठको भनाइ छ ।

‘सुखी नेपाली समृद्ध नेपाल त हालसाल सुखी बिचौलिया, समृद्ध माफिया’ भएको हो भन्ने प्रश्न पनि म राख्न चाहन्छु । धितोपत्र बोर्डको ७ प्रतिशत कमिसन नदिईकन आईपीओ जारी नै गर्न दिँदैन, दिएकाहरूको आईपीओ जारी गर्न दिन्छ,’ उनले भने। सांसद श्रेष्ठले मौद्रिक नीति आउने बेला नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त नगरिएको भन्दै आपत्ति जनाए । एमाले र कांग्रेस सरकार लामो समयसम्म चल्नुपर्ने पनि सांसद श्रेष्ठले बताए। १० महिना हुँदा पनि यो गठबन्धन सरकार किन बनेको हो भन्ने यकिन नभएको उनले बताए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७