नीति तथा कार्यक्रमलाई कांग्रेसले भन्यो–ठिकठाकै


०८:२१ बजे
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नीति तथा कार्यक्रम समग्रमा ठिकठाकै भएको प्रतिक्रिया दिएका छन्। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्ने भए पनि त्यसो हुन नसकेको टिप्पणी गरे ।

‘नीति कार्यक्रम समग्रमा परम्परागत भन्दा एक कदम अगाडि बढ्नु पथ्र्यो, त्यसो हुन सकेन,’ महतले भने, ‘तर समग्रमा ठिक छ । मुलुभुत रुपमा कार्यान्वयनमा निर्भर रहन्छ । बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुन्छ ।’

उनले कृषि, शिक्षा र पूर्वाधार क्षेत्रमा जसरी आउनुपर्ने हो, त्यसरी कार्यक्रम नआएको र आफूलाई चुकेको आभास भएको समेत बताए । ‘कृषि क्षेत्रमा उत्पादनका आधारमा मात्र सहयोग गर्ने कुरा बोल्डमा आउनुपथ्र्यो,’ महतको भनाइ छ, ‘शिक्षाका क्षेत्रमा शिक्षक सुविधाहरु पनि बढाउने कुरा गरेकोले शिक्षाको गुणस्तर बढाउने विषयमा गम्भीर हुनुपर्छ ।’

उनले थपे, ‘अर्थतन्त्र चलायमान बनाउन सडक, सिंचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रुपमा आउनुपर्ने थियो त्यो हुनसकेन । स्वास्थ्य क्षेत्रमा पनि जुन रुपमा जानुपर्ने हो त्यो व्यवहारमा जान समस्या हुन्छ । योभन्दा एक कदम अघी बढ्न सकिन्थ्यो त्यसमा चुकेको आभास भयो ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७