रोजगारीका सबै सूचना दिने ‘श्रमसंसार पोर्टल’ शुभारम्भ


१७:४६ बजे

काठमाडौं । सरकारले श्रमसंसार एप सञ्चालन ल्याएको छ । रोजगारदाता र रोजगारी खोजकर्तालाई सोझै जोड्ने गरी एप सञ्चालन ल्याइएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । यसले राइड सेयरिङ एपले जस्तै रोजगारदाता र रोजगारी खोजकर्तालाई जोड्ने उनले बताएका छन् ।

‘सार्वजनिक सवारी साधनको सेवा दिने र लिनेले जसरी अहिले राइड सेयरिङ एप सेवा प्रचलनमा ल्याएका छन्, त्यसैगरी अब सरकारले रोजगारदाता र रोजगारी खोजकर्तलाई प्रविधिमार्फत सोझै सम्पर्क गर्नेगरी shramsansar.com पोर्टलको आरम्भ गरेको छ,’ प्रधानमन्त्री ओलीले फेसबूकमार्फत जानकारी गराएका छन्। रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने पनि उनले बताएका छन् । ‘एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुबै समस्यालाई यसले समाधान गर्नेछ,’ उनले भनेका छन् । 

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरु प्राप्त गर्न  र सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको अहं भूमिका रहने बताए । सरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्ने गरी काम अघि बढिसकेको जनाए । श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो । जसबाट श्रम तथा रोजगार सम्बद्ध विषयहरुको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाहरुको नियमन, रोजगार सेवाको समतामूलक पहुँच, योग्यता विस्तारमार्फत संघीयताको लाभहरु जनस्तरसम्म पु¥याउन सहयोगी हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७