रास्वपाले भन्यो–घाइते शिक्षकहरूको उपचार सरकारले गर्नुपर्छ 


२०८२ बैशाख १६ सोमबार १४:४२ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

विभिन्न पेसागत कर्मचारीहरू आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको उनको आरोप छ । उनले शिक्षक आन्दोलनमा घाइते भएकाहरूको उपचारको प्रबन्ध सरकारले गर्नुपर्ने माग राखे । फरक प्रसङ्गमा बोल्दै अर्यालले अगामी आर्थिक वर्षको बजेट बुढीगण्डकी जलविद्युत आयोजनालाई सम्बोधन हुनेगरी आउनुपर्ने बताएका छन् । मुलुकमा रोजगारी वृद्धि गर्नको लागि तीन सिफ्टमा काम गर्ने व्यवस्थासहितको बजेट आउनुपर्ने उनको भनाइ छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७